तुलसीमा जल किन चढाइन्छ ?  « Khabarhub

तुलसीमा जल किन चढाइन्छ ? 


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा तुलसीको बिरुवालाई निकै महत्व दिइएको छ । तुलसीको बोटलाई देवीको साक्षात् रूप अर्थात् धनकी देवी लक्ष्मीको दर्जा पनि दिइएको छ ।

तुलसीलाई जीवनमा कुनै आर्थिक समस्या चलिरहेको बेलामा माता लक्ष्मीका रुपमा तुलसीको बिरुवाको पूजा गर्दा अवश्य लाभ मिल्छ भन्ने मान्यता पनि हिन्दु धर्मावलम्बीहरूको रहेको छ ।

घरमा तुलसी रोप्नु धार्मिक दृष्टिले मात्र नभई वातावरणीय दृष्टिकोणले समेत लाभदायक मानिन्छ । यसले वातावरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा वृद्धि हुन्छ । जुन घरमा तुलसी हुन्छ, उक्त घरमा सुख, शान्ति हुनुका साथै स्वास्थ्य सम्बन्धी समस्या नहुने बताइन्छ ।

त्यसै कारण तुलसीमा बिहान उठ्ने बित्तिकै जल चढाउने गरेको देखिन्छ । यसले घरमा सकारात्मक उर्जा प्रवाह गराउनका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

बिहानको स्नान पश्चात्‌ तामाको भाँडामा जल भरेर त्यसमा तुलसीको पत्तामा राखी यसलाई घरको मूलढोका र घरको चारै तिरका सबै कोठामा छर्किँदा घरको नकारात्मक उर्जा नष्ट हुन्छ ।

तुलसीको मठको तीन पटक परिक्रमा गरी जल अर्पण गर्दा उक्त घरमा सुख शान्ति छाउनुका साथै रोग ब्याधी कम हुने पनि जनविश्वास रहेको छ ।

तुलसीलाई जल अर्पण गर्दा ‘महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी अधिक व्याधि हर नित्यम्, तुलसीत्वम नमोस्तुते’ मन्त्र जप गर्नु उपयुक्त हुन्छ ।

धार्मिक शास्त्र अनुसार तुलसीमा आइतबार जल चढाउनु हुन्न । आइतबार तुलसीले भगवान विष्णुका लागि निराहार व्रत बस्ने भएकाले यस दिनमा तुलसीमा पानी हाल्दा ध्यान भंग हुने भएकाले पानी हाल्न नहुने मान्यता छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ६ : ३६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको