नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा « Khabarhub

नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले भने, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उनले आर्थिक सम्पन्नता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शर्माले भने, “जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”

समाजवादी मोर्चा गठन

नेकपा (माओवादी केन्द्र) का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ ।

उक्त मोर्चाको सदस्यमा नेकपा माओवादी केन्द्रबाट टोपबहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीबाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गङ्गा देवकोटा सदस्य रहेका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला सह–इञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहकाले त्यसका लागि मोर्चा गठन गरिएको बताए ।

नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकारको सुरक्षार्थ एक हुनाको विकल्प नरहेकामा जोड दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि