गण्डकी प्रदेशस्तरीय चौथो अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय चौथो अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३२ समूह र महिलातर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो । पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरी दुई दिनसम्म चलेको थियो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल प्रतियोगिताको प्रमुख अतिथि रहेकी थिइन् । साथै उक्त प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत सञ्चालन भएको थियो ।

प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको थियो । त्यसैगरी, पुरुष समूहतर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको थियो ।

प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी विनिता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाइनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पुरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सुजन केसीले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भए ।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल, महासचिव कृष्णप्रसाद खराल, सहकोषाध्यक्ष रमेश खतिवडा, नेपाल राष्ट्र बैंक, पोखराका उपनिर्देशकहरु सम्झना ढकाल, नवीना ढकाल, पुष्कर सुर्खाली, सुदीप त्रिपाठी तथा गभर्नरको कार्यालयका उपनिर्देशक इन्द्रत्रिविक्रम पहारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका उपसंयोजक सूर्यप्रसाद तिवारी, डेभलपमेण्ट बैंकर्स एसोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसीको उपस्थिति रहेको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : ३१ बजे

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ

रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

जानकी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आईसीपी)

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध