विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। कञ्चनपुर, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले से।५ प ८४६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस्तै सुनसरी, दुहबी नगरपालिका(३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २० ग्राम २ सय ७० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका-५ बस्ने २९ वर्षीय श्याम कुमार साह र सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मनिष खुलाल रहेका छन्।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको संयुक्त टोलीले को.११ प २८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ जुनेली पथ डेरा गरी बस्ने २२ वर्षीय शेर बहादुर सुनुवार र सोही ठाउँ पुरानो बजार बस्ने ३३ वर्षीय सुसन श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ हजार १ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ४ सय क्याप्सुलसहित शनिबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

बर्दिया, गुलरीया नगरपालिका–११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका–८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका- १० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन्। प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, मधुबन नगरपालिका–२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ३१ बजे

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं– सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।

निर्वाचन आयोगले भन्यो- मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाउँछौँ

काठमाडौं– निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने

गगनले भने : आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

कास्की– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा

स्वास्थ्यमन्त्री शर्माद्वारा पशुपति होमियोप्याथिक अस्पतालको स्थलगत अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले ललितपुरस्थित मानसिक

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’