चुनावको होइन, देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा « Khabarhub

चुनावको होइन, देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको आज उद्घाटन गर्दै उनले केही राजनीतिक दल र नेताहरुले मिसन २०८४ को नारा दिएर लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको बताए ।

“मिसन २०८४ को नारा दिएर अहिले केही दल र व्यक्तिले यो व्यवस्थालाई नै खिल्ली उडाउने प्रयास गरिरहेका छन्, हामीले अब चुनावको चिन्ता होइन, देशको चिन्ता गर्नुपर्छ, यस्ता चुनावी मिसन त हामीले २०४६ सालदेखि अहिलेसम्म धेरै लडिसक्यौँ,” महामन्त्री शर्माले भने, “म सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई के भन्न चाहन्छु भने चुनाबको अब चिन्ता छाडौँ, देशको चिन्ता गरौँ, देश बनाउने साझा मुद्दामा लागौँ ।”

हामीले भ्रष्टाचार रोकथाम गर्ने कानून बनायौँ तर कानून बनाउने नै अख्तियारमा पुगेर सजाय भोग्दा पनि कांग्रेसले स्वागतनै गर्यो त भन्दै उनले विधि र पद्धतिमा मुलुक चल्नु पर्छ, भन्ने पक्षमा आफू रहेको बताए । हामीले गरेको राम्रा कामलाई देखाउन पनि सकेनौँ, हामीबाट भएको गल्ती र कमजोरीको जिम्मेवारी पनि लिन नसकेको उल्लेख गर्दै उनले जिम्मेवारी लिनुपर्ने बताए ।

कांग्रेसका केन्द्रदेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्ताले बाटो बिराएको हो कि भन्ने गुनासो बढिरहेको सुनाउँदै महामन्त्री शर्माले राष्ट्रियता र संसदीय व्यवस्थाको विपक्षमा पार्टीले कुनै पनि सम्झौता नगर्ने बताए । कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, पार्टीका भक्तपुर सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापालगायतले कांग्रेसलाई गाउँ, नगर र जिल्ला तहबाटै मजबुद बनाएर लैजान कांग्रेस एक हुनुपर्ने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ३१ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य