एकीकृत समाजवादीको जागरण अभियान सातै प्रदेशमा सम्पन्न « Khabarhub

एकीकृत समाजवादीको जागरण अभियान सातै प्रदेशमा सम्पन्न


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ।

मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न गरेको हो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा अभियानले पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न राजनीतिक गतिविधि, सभा, सम्मेलन गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीका नीति सिद्धान्त, कार्यदिशा जनतालाई बुझाउन यही असोज १४ गतेदेखि सञ्चालन गरिएको अभियान आज सम्पन्न गरिएको हो।राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था, बेरोजगारी समस्या, गरिबी न्यूनीकरणका लागि पार्टीका योजना, देश विकासमा जनताको दृष्टिकोण, अनुभव तथा सुझाव सङ्कलन गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर अभियान गरिएको थियो।

खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नेबारे जनतालाई जागरण फैलाइएको थियो । अभियानअन्तर्गत राजनीतिक, सामाजिक सुरक्षाका विषयमा पनि सुझाव सङ्कलन गरिएको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत शीर्ष नेताले सम्बोधन गर्नुभएको अभियानमा ५५ वटा ठूला आमसभा गरिएका छन् । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब दश हजार नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

अभियानमा विकृति विसङ्गतिको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, कालाबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्न जनस्तरबाट सुझाव आएको छ।

काकडभिट्टा, विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीवास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुर, बर्दिया, राजापुर, कैलाली, पुनर्वास, धनगढी, महेन्द्रनगर, सुर्खेतलगायत स्थानमा राजनीतिक सभा, कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा सम्पन्न भएका छ्न् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको