बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप : उद्घाटन खेलमा डाँगीहाट विजयी « Khabarhub

बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप : उद्घाटन खेलमा डाँगीहाट विजयी


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मोरङ – बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब विजयी भएको छ । डाँगीहाट युथ क्लबले भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आज भएको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा डाँगीहाटले निर्णायक गोल गरेको थियो । उसका लागि खेलको ६८औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । उनले अशिम राईको पासमा गोल गरेका थिए ।

यसअघि उक्त प्रतियागिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले एक भब्य समारोहबीच गरेका थिए । डाँगीहाट युथ क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा चर्च ब्वाइज काठमाडौँ, बिग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र भारतको युकेएफसी सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई रु आठ लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । सोमबार सहलेश युवा क्लब सिरहा र भारतको युकेएफसी क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : ३० बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई