विराटको किर्तिमानी शतकमा भारतको विशाल योगफल « Khabarhub

विराटको किर्तिमानी शतकमा भारतको विशाल योगफल


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । विराट कोहलीको शतकको मदतमा भारतले तीन सय ९७ रन बनाएको हो ।

मुम्बइस्थित वानखेड स्टेडियममा कोहलीले कीर्तिमानी शतक बनाए । उनले टोलीका लागि एक सय १७ रनको बनाए । त्यसअघि विराटले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका थिए । योसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको शतक सङ्ख्या ५० पुगेको छ ।

सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् । बुधवार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा विराटका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि सतकीय पाली खेले । उनले टोलीका लागि एक सय पाँच रनको योगदान गरे । यसका क्रममा उनले केवल ७० बलको सामना गरी आठ छक्का र चार चौका हिर्काए ।

ओपनर शुभमन गिलले पनि टोलीका लागि अविजित ८० रन, कप्तान रोहित शर्माले ४७, विकेटकिपर ब्याट्सम्यान केएल राहुलले ३९ रनको योगदान गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ०२ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले