विराटको किर्तिमानी शतकमा भारतको विशाल योगफल « Khabarhub

विराटको किर्तिमानी शतकमा भारतको विशाल योगफल


२९ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । विराट कोहलीको शतकको मदतमा भारतले तीन सय ९७ रन बनाएको हो ।

मुम्बइस्थित वानखेड स्टेडियममा कोहलीले कीर्तिमानी शतक बनाए । उनले टोलीका लागि एक सय १७ रनको बनाए । त्यसअघि विराटले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका थिए । योसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको शतक सङ्ख्या ५० पुगेको छ ।

सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् । बुधवार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा विराटका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि सतकीय पाली खेले । उनले टोलीका लागि एक सय पाँच रनको योगदान गरे । यसका क्रममा उनले केवल ७० बलको सामना गरी आठ छक्का र चार चौका हिर्काए ।

ओपनर शुभमन गिलले पनि टोलीका लागि अविजित ८० रन, कप्तान रोहित शर्माले ४७, विकेटकिपर ब्याट्सम्यान केएल राहुलले ३९ रनको योगदान गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ०२ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर