धनुषामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

धनुषामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनुषामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 

तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल ल्याइएको छ ।

आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केबर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो  ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार