मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त « Khabarhub

मादीनदीमा तटबन्ध निर्माणपछि जोखिममुक्त


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

तनहुँविसं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त क्षेत्र जोखिममुक्त बनेको छ ।   

तटबन्ध निर्माणपछि पाटन क्षेत्रका छ सयभन्दा बढी परिवारले सुरक्षाको अनुभूति गर्न थालेका छन् । व्यास–५ पाटन टोल विकास संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ नदी कटानका कारण व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ भतेरीका चार सय परिवार बाढीको जोखिमबाट मुक्त भएका बताउँछन् । व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो । 

‘स्थानीयबासी वर्षाको समयमा ढुक्क भएर सुत्न र बस्न सक्ने भएका छन्’, पूर्वअध्यक्ष श्रेष्ठले भने। तटबन्ध निर्माणपछि नदी प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् । नदी कटानले गर्दा पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेको व्यास नगरपालिका सूचना अधिकारी कुमारकञ्चन जिसीले बताएका छन् । 

व्यास–३ को भतेरीमा तटबन्ध निर्माण गरेपछि तनहुँ  सदरमुकाम दमौली बजार पनि सुरक्षित भएको छ । यसअघि नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएको  थियो । व्यास–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब सोह्र किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण कार्य भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिए । 

सिद्धान्त अमन निर्माण कम्पनीले प्याकेज–१ रु आठ करोड ६३ लाखमा र प्याकेज–२ रु नौ करोड ३५ लाखमा काम गरिरहेको छ । उक्त योजनाको हालसम्म ४८ प्रतिशत प्रगति भएको डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए । 

विसं २०८१ भदौसम्म योजना सम्पन्न गर्ने लक्ष्य छ । मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार तथा गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न काम भइरहेको व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।   

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : ०८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ