रजबासमा निः शुल्क स्वास्थ्य शिविर « Khabarhub

रजबासमा निः शुल्क स्वास्थ्य शिविर


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो ।

शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटीरोग, आँखा परीक्षण तथा उपचार, दन्तरोग, इसिजी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, शल्यक्रिया सर्जरी सेवा, ल्याब सेवाको सुविधा दिएको थियो ।

 आयोजकका अनुसार रजबास आसपासका नागरिकले प्रसूति तथा स्त्रीरोगका ५७, बालरोगका ४६, हाडजोर्नी तथा नशा रोगका एक सय ९५ जना, नाक, कान, घाँटी रोगका ५८ जना, आँखारोगका तीन सय ७४, दन्त रोगका ८१, इसिजी सेवामा ८८ जना, भिडियो एक्सरे सेवामा एक सय ९६ र शल्यक्रिया सर्जरी सेवामा ४४ जनाले सेवा लिएका थिए । यसमा अर्थोपेडिकका बिरामी नौजना, नाक, कान घाँटीका बिरामी सात, सर्जरीका २२ गरी ४१ जनाको थप उपचार आवश्यक रहेको आयोजकले जनाएका छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकको स्वास्थ्योपचारमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । रोशीका नागरिकको स्वास्थ्यमा ध्यान दिएर पाँच हजार आठ सय घरपरिवारमध्ये दुई  हजार एक सय घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरेको र आगामी दिनमा त्यो सङ्ख्यालाई बढाउँदै लाने उनको भनाइ छ ।

ग्रामीण भेगका मानिसको स्वास्थ्योउपचारमा संलग्नता हुन पाएकामा खुसी लागेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका डा रोशन ओझाले बताएका छन् । 

स्वास्थ्योपचारका लागि टाढा पुग्नुपर्नेमा गाउँमा नै डाक्टरसहितको टोली आएर स्वास्थ्य सेवा दिएकामा स्थानीय कुमार किङरिङ मगरले खुसी व्यक्त गरे । ‘यसबाट स्वास्थ्यलाभ त भयो नै, आर्थिक पनि बचेको छ’, उनले भने । ग्रेस नेपाका अध्यक्ष राजकुमार थापाले गाउँका कुनाकन्दरामा रहेका नागरिकको स्वास्थ्योपचारमा पहुँच पुर्याउन गाउँको दूरदराजमा गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : ३३ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६