बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत | Khabarhub Khabarhub

बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

बीमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बीमा गरिसकेपछि भुक्तानीलगायतका विषयमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

जोखिम न्यूनीकरण गर्नका लागि बीमाको आवश्यकता छ धारणा अझै विकसित भइनसकेको भन्दै उनले बीमा सचेतनाको आवश्यकता रहेको बताए ।

बीमा गरिसकेकाहरुलाई आपत पर्दा बीमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बीमा विस्तारमा अवरोध पु¥याउने उनको भनाइ छ । उनले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियामक निकायले काम गर्ने तौरतरिकामा आमूल परिवर्तन ल्याउनुपर्ने सुझाव दिए ।

बीमा सर्भेयरहरुले कुनै प्रभावमा नपरि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ३५ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।