पाकिस्तानलाई हराउँदै युएई यू-१९ एसिया कपको फाइनलमा « Khabarhub

पाकिस्तानलाई हराउँदै युएई यू-१९ एसिया कपको फाइनलमा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएई एसिसी यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । यो युएई क्रिकेटको हालसम्मकै ठूलो सफलता हो ।

सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको हो ।

युएईले सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले हरायो । यूएईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयो ।

पहिला ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा १९३ रन बनाएको थियो । युएईका कप्तान आयान खानले ५५ रन बनाए । ओपनर आर्यन्स शर्मा ४६ रनमा आउट हुँदा इथान डि सोउजाले ३७ रन बनाए ।

पाकिस्तानका उद्धेड साहले ४ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाकिस्तान अन्तिम तीन बल बाँकी छदै १८२ रनमा अलआउट भयो ।

पाकिस्तानका कप्तान साद बैगले ५० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ४३ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी