बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, भारत पराजित « Khabarhub

बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, भारत पराजित


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतलाई हराउँदै बंगलादेश यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले हरायो ।

भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए । यस्तै अहरर अमिनले ४४ रन जोडे ।

बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए ।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्ड-२ मा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४२ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अल आउट भयो ।

भारतका मुरुगन अभिषेकले ६२ र मुशीर खानले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका मरुफ मृधाले ४ विकेट लिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ५५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी