‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुँदै « Khabarhub

‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुँदै


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगमी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन नेपालको संविधानबमोजिम कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय भएको छ । निर्वाचन प्रयोजनका लागि संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले जानकारी दिए।

कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माणमा पार्टीका तर्फबाट विभिन्न चरणमा परिचालन भएको पार्टीका सबै तहका नेताकार्यकर्ताको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्पप्रभावित परिवारलाई वितरण गर्न मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको छ ।

बैठकले पार्टीको महासमिति बैठकको मिति परिमार्जन गरी आगामी फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १२ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा हुने भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : १८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले