विश्व इतिहासमा आज : एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना « Khabarhub

विश्व इतिहासमा आज : एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज १६ जनवरी, आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

एल साल्भाडोरको गृहयुद्ध अन्त्य

सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।

अमेरिकामा मदिराजन्य पदार्थमा रोक

सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पदार्थ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो ।

 पर्सियाली  युद्ध सुरु

 सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो । सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो । २८ फेब्रुअरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो ।  

 रोमन साम्राज्य स्थापना

२७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो । रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन् । उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त)रोमनमा शासन गरेका थिए । उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन् । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ३७ बजे

रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ