आँबुखैरेनीमा सञ्चालित अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल | Khabarhub Khabarhub

आँबुखैरेनीमा सञ्चालित अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो । 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको चुमानले उल्लेख गरे ।

‘पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र संघीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ’, चुमानले भने, ‘त्यसपछि आँबुखैरेनीमात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’

गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । ‘तीनवटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ’, चुमानले भने । 

गाउँपालिकाले मङ्सिर १ देखि आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिसकेको छ । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताए । 

अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जानुपर्ने बाध्यता छ । 

गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवती महिलालाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिनेछ । ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौँ’, चुमानले भने । 

गाउँपालिकाले केही समय अगाडि स्वास्थ्य मन्त्रालयसँग एक थान एक्सरे मेसिन, एक थान अल्ट्रासाउण्ड मेसिन, एक थान ग्रामीण अल्ट्रा साउण्ड मेसिन, एक थान डिजिटल एक्सरे मेसिन, पाँच थान क्यासेट, एक थान इसिजी मेसिन, पाँच थान डायलासिसका लागि आवश्यक पर्ने मेसिन, एक थान अटो एनालाइजर माग गरेको थियो ।

गाउँपालिकाले अस्पतालबाटै मिर्गौला बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : २१ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका