बागलुङको ऐतिहासिक जैमिनी मेला सुरु  | Khabarhub Khabarhub

बागलुङको ऐतिहासिक जैमिनी मेला सुरु 


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बलेवा– परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौँदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास गरिएको हो ।

जैमिनी ऋषिले तपस्या गरेर ज्ञानआर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठूलो व्यापार मेलाका रुपमा यो मेला सञ्चालन हुने गरेको थियो । कालीगण्डकी किनारमा रहेको जैमिनी ऋषिले तपस्या गरेको ठानिने कुटी वरपर मेला लाग्दै आएको थियो । सोही मेलालाई विसं २०४९ देखि कुश्मीशेरा बजारमा सारिएको हो ।

जैमिनी घाटसमेत नामले परिचित सो स्थानमा मकर नुहाउन जानेको ठूलो भीड हुने गर्दथ्यो । यहाँ तीन माघ नुहाउने अर्थात् माघ १ गतेदेखि तीन दिनसम्म नुहाउने र मेला भर्नेको भीड हुने गर्दथ्यो । त्यसलाई पहिले व्यापार मेलाका रुपमा विकसित गरी यहाँका स्थानीय उत्पादनको बिक्रीका साथै स्थानीय प्रतिभाको पहिचानका लागि प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरिएको थियो ।   

यता कुश्मीसेरामा सारेपछि भने सहारा क्लब कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको समन्वय तथा सहयोगमा मेला गर्न थालिएको हो । यो मेला माघे सङ्क्रान्तिको अवसर पारेर पुस २९ गतेदेखि सुरु हुने गर्दछ र विभिन्न खेलकुद प्रतियोगितासहित सुरु हुने गर्दछ । सो मेलाको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य लिलबहादुर थापाले उद्घाटन गरे । 

मेलाको उद्घाटन गर्दै थापाले बागलुङ दक्षिण क्षेत्रको प्रमुख व्यापार मेलाको रुपमा रहेको मेलालाई युवाले खेलकुद र संस्कृतिसँग जोडेर स्थानीय प्रतिभालाई पनि अवसर दिएकामा खुसी व्यक्त गरे । जिल्लाको दक्षिण क्षेत्र भौगोलिक हिसाबले सदरमुकाम र प्रदेश सदरमुकामबाट नजिक रहेर पनि पूर्वाधार निर्माणका हिसाबले दुर्गम रहेको सो क्षेत्रको विकासका लागि मेलामा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वले चासो व्यक्त गरेका थिए ।

जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरूका बीचमा एकमत हुनुपर्नेमा पनि उनीहरूको जोड थियो । सो क्षेत्रको विकासका लागि सभासद थापाले पनि कुनै पूर्वाग्रह नराखी गण्डकी प्रदेशसभाका सदस्यले एकताबद्ध भएर पहल थाल्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बागलुङको विकासका लागि केही पूर्वाधार निर्माणको काम थालनी भइसकेको भन्दै वर्तमान जनप्रतिनिधिलाई निर्माणाधीन कामलाई पूर्णता दिन आग्रह गरे ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुसारनै आफूले काम थालेको बताए । उनले पूर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानवीय, आर्थिक र सामाजिक विकासलाई सँगै लैजानुपर्नेमा जोड दिए ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जिल्ला सदरमुकामदेखि पालिका मुकाम जोड्ने सडकनै तत्काल बनाउनै पर्ने अवस्थामा रहेको बताए। उनले नगरले बनाएका योजनामा सहयोग गर्न सङ्घ र प्रदेशसरकारलाई आग्रह गरे ।

मेलामा पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, जैमिनी डान्स आइडल, कृषि मेला प्रदर्शनी, शैक्षिक प्रदर्शनीलगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सहारा क्लबका अध्यक्ष सुरेश सुनारले बताए । मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ । 

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ३३ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका