लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै « Khabarhub

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तुलाराम घर्ती र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाण केसी हुने सत्ता साझेदार दलहरूबीच सहमति भइसकेको छ । 

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेबाट भएकाले सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति भएको सम्बन्धित दलका नेताहरूले बताएका छन् । सभामुख र उपसभामुख चयनका लागि आज दिउसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका छ ।

३ माघमा हुने सभामुख निर्वाचनका लागि माओवादी केन्द्रबाट पाल्पा २ (ख) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाँण केसीलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, जनमत र लोसपाका तीन-तीनजना तथा दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् । प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेससँग बहुमत नभएकाले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : ५५ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,