गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने « Khabarhub

गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।

शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ । उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ । गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ । यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भइसकेका छन । सभामुखको हैसियतमा उनले भने मत हाल्ने छैनन् ।

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाको संवैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  २ : ४७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी