हुम्लाका दुर्गम स्वास्थ्य चौकीमा गर्भवती महिलाको स्वास्थ्य जाँच « Khabarhub

हुम्लाका दुर्गम स्वास्थ्य चौकीमा गर्भवती महिलाको स्वास्थ्य जाँच


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको दुर्गम सर्केगाड गाउँपालिकाका तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ ।

गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकोमा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् ।

तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६ भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुई जनाको गर्भमा रहेको शिशुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो ।

रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको जाँच गरिएको थियो । पाठेघर खसेका गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिएपनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो । आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने भएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ५६ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,