हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन होटल सङ्घ पोखराको आग्रह « Khabarhub

हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन होटल सङ्घ पोखराको आग्रह


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- होटल सङ्घ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ ।

यती एयरलायन्सको जहाज दुर्घटना भएकोमा सङ्घका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले आज विज्ञप्ति जारी गर्दै नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

विपद्का समयमा खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न सङ्घले सरकारसँग अनुरोध पनि गरेको छ ।

आन्तरिक उडानतर्फ नेपालकै ठूलो यस दुर्घटनाले मर्माहत बनाएको भन्दै विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : ३१ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र