विमान दुर्घटनामा निधन भएकामध्ये २४ जनाको शव परीक्षण पोखरामा हुने | Khabarhub Khabarhub

विमान दुर्घटनामा निधन भएकामध्ये २४ जनाको शव परीक्षण पोखरामा हुने


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ जनाको शव परीक्षण पोखरामा हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ ।

बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइएको छ । पोखरामा परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव परीक्षणका लागि काठमाडौँ लैजाने तयारी भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा हालसम्म ६९ को शव फेला परेको छ । तीन जना यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । पोखरामा शव परीक्षण हुनेहरूको नाम त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ ।

त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : ४४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३