लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका घर्तीको मात्रै उम्मेदवारी « Khabarhub

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका घर्तीको मात्रै उम्मेदवारी


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएको छैन ।

प्रदेशसभाको उपसभामुखमा भने तीन जनाको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भइसकेको छ ।

कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् ।

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेशसभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ३४ बजे

३२ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

काठमाडौं-  विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण

नबिल बैंकको एनबैंक एपमार्फत एसआइपी सेवा लिन सकिने

काठमाडौं– नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा

एक महिने मत्स्यनारायण मेला सुरु (तस्बिर)

काठमाडौँ– काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने

सत्य बोल्न नसक्ने मानव अधिकार आयोगको औचित्यमाथि प्रश्न

मानव अधिकार आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधारभूत मूल्य हो ।

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा