गर्भवती खोज्दै वडामा पुग्छ पुथा उत्तरगङ्गा गाउँपालिका « Khabarhub

गर्भवती खोज्दै वडामा पुग्छ पुथा उत्तरगङ्गा गाउँपालिका


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ । उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्यक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेको हो ।

पालिकाले गर्भवतीलाई सेवा दिने उद्देश्यले प्रत्यक वडामा तीनरतीन महिनामा शिविरको आयोजनागर्ने गरेको गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बुढाले जानकारी दिए । उनअनुसार उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती जाँच कार्यक्रमले पालिकाका विकट क्षेत्रका गर्भवतीलाई राहत मिलेको छ ।

पालिकाले दुई महिनायता गाउँपालिकाको १४ वटै वडामा पुगेर एक सय २१ गर्भवतीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । भिडियो एक्सरे, स्वास्थ्य जाँच र परामर्श सेवा दिइएको उपाध्यक्ष बुढाले जानकारी दिए । “केहीको अवस्था सामान्य नै छ,’ उपाध्यक्ष बुढाले भने, “उल्टो अवस्थामा रहेको, सालनाल तल झरेको पनि भेटिएकाले सुत्केरी हुने बेलामा सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिएका छौँ ।”

गर्भावस्थामा पु¥याउनुपर्ने ध्यान, खानपान, हेरविचारलगायत कुरा सिकाएर आवश्यकताअनुसार केही औषधि पनि गर्भवतीलाई दिइएको छ । एक सय ५० जना महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गरेमा मात्र निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था भएकाले स्वास्थ्य सस्थामा आउनेको सङ्ख्यामा वृद्धि हुने विश्वास उनले गरे ।

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्मेमा निःशुल्क बीमा गरिदिने व्यवस्था गरेको छ । गर्भ जाँच गराएको वर्ष र स्वास्थ्य संस्थामा छोरी जन्मेको वर्षमा गाउँपालिकाले परिवारका पाँच सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । यस कार्यले स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि गर्ने देखिएको छ ।

यसका साथै यस कार्यक्रमले घरेलु हिंसा, लैङ्गिक हिंसा, यौन हिंसामा परेकाको चेलीसँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यसका लागि गाउँपालिका उपाध्यक्षसँग सिधा सम्पर्क हुनेगरी हटलाइन नम्बर सेवा सञ्चालन भएको छ । थप परामर्श तथा आर्थिक सहयोगका पनि गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ०३ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको