रूखबाट लडेर वृद्धको ज्यान गयो « Khabarhub

रूखबाट लडेर वृद्धको ज्यान गयो


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको उत्तरी चुरेक्षेत्रमा पर्ने नारायणखोलामा रूखबाट लडेर आज एक जनाको ज्यान गएको छ । घाँस काट्न रूखमा चढेका लालबन्दी नगरपालिका–१४, नारायणखोला नौबिघाका करिब ५५ वर्षीय रामबहादुर स्याङ्बाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

पानीमा डुबेर एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बत्तिसआरडीस्थित सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय वीरबहादुर थापा (हिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी खोज कार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब २ घण्टापछि एक किलोमिटर टाढा सेरेचौक नजिक शव भेटिएको थियो । शवपरीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : १६ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको