बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा « Khabarhub

बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धरान: मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा फुटवल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण २०७७÷७८ मा बुढासुब्बा गोलकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सदा झै आठ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् । काठमाडौँका दुई, पोखराको एक, भारतको दुई र प्रदेश १ बाट आयोजकसहित तीन क्लबका स्तरीय टिमले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिए ।

एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लबले जनाएको छ । दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । आर्थिक अभावले २२औँ संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । अध्यक्ष राईले २३औँ संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व हस्तानतरण गर्ने तयारी गरेको जानकारी गराए । २२औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ विजयी भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ४० बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको