भूउपयोग योजना अन्तर्राष्ट्रिय कार्यशाला आज र भोलि धुलिखेलमा हुँदै « Khabarhub

भूउपयोग योजना अन्तर्राष्ट्रिय कार्यशाला आज र भोलि धुलिखेलमा हुँदै


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग योजना र भूउपयोग प्रशासन विषयमा दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

काभ्रेको धुलिखेलमा आज र भोलि आयोजित कार्यशालामा १५० विदेशी विज्ञ र १५० नेपालीको सहभागिता हुने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिएका छन्। कार्यशालामा विश्व सर्भेयर महासङ्घमा आबद्ध देशका भूमि प्रशासकले आआफ्नो देशको भूमि प्रशासन भूउपयोग नीतिको अवस्था तथा यसका अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालले जारी गरेको भूउपयोग नीतिले नेपालको भूमिलाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, ताल तलैया क्षेत्र, वन क्षेत्र र सार्वजनिक उपयोग क्षेत्रसहित रहेका छन् ।

राष्ट्रिय भूमि नीति, भूमि ऐन र नियमावलीसमेत जारी भएको अवस्थामा आयोजना हुन लागेको यो कार्यशाला नेपालका लागि उपयोगी हुने सचिव डा रेग्मीले बताए । भूमिसम्बन्धी विभिन्न विषयका कार्यपत्र प्रस्तुत हुने कार्यशाला गोष्ठीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ६ : ४६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका