बहराइनमा श्रमिक दर्ता कार्यक्रम, दर्ता गर्ने नेपालीको संख्या ४७४ पुग्यो « Khabarhub

बहराइनमा श्रमिक दर्ता कार्यक्रम, दर्ता गर्ने नेपालीको संख्या ४७४ पुग्यो


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइन सरकारले त्यहाँ कार्यरत आप्रबासी श्रमिकका लागि श्रम बजार सुधार र नियमन गर्न अहिले श्रमिक दर्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।

त्यहाँस्थित नेपाली दूतावासका अनुसार बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले बहराइनको श्रम बजार सुधार र नियमनका निम्ति गत ४ डिसेम्बर २०२२ देखि श्रमिक दर्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो।

बहराइनमा प्रयोगमा रहेको फ्लेक्सी भिषालाई प्रतिस्थापन गर्दै नयाँ कार्यक्रम ल्याइएको हो। हाल फ्लेक्सी भिषा अन्तर्गत काम गरिरहेका तथा दर्ता गरिएको कामदार अनुमति लिन चाहने विदेशी कामदारले यो नयाँ कार्यक्रम अन्तर्गत दर्ता गर्नुपर्ने हुन्छ।

श्रमिक दर्ता कार्यक्रम आगामी ४ मार्च २०२३ मा समाप्त हुँदैछ। फ्लेक्सी भिषामा रहेका र नयाँ रजिष्ट्रेशन गर्न योग्य व्यक्तिहरूले ४ मार्चभित्र रजिष्ट्रेशन गरी सक्न दूतावासले अनुरोध गरेको छ। विस्तृत जानकारी LMRA को लिंक www.lmra.bh मा उपलब्ध रहेको पनि दूतावासले जनाएको छ।

भिजिट भिषामा रहेका, श्रम कानुन उल्लंघन गरेका तथा फौजदारी अभियोग लागेका श्रमिकले श्रमिक दर्ता कार्यक्रममा सहभागी हुन नसक्ने दूतावासले जनाएको छ। साथै, श्रमिक दर्ता कार्यक्रमका लागि तोकिए बमोजिमको शुल्क तिर्नुपर्ने हुन्छ।

सूचीकृत हुन चाहने नेपाली श्रमिकहरुले सर्वप्रथम सूचीकरणका लागि योग्यता पुगे नपुगेको यकिन गर्नुपर्ने हुन्छ। सूचीकृत हुन योग्यता पुगे/नपुगेको एलएमआरएको वेबसाइटको माध्यमबाट यकिन गर्न सकिने दूतावासले जनाएको छ।

साथै हालसम्म प्राप्त विवरण अनुसार फ्लेक्सी भिषा लिएका र नयाँ दर्ता कार्यक्रममा सहभागी हुन योग्यता पुगेका नेपालीहरुको संख्या ४७४ पुगेको दूतावासले जनाएको छ।

रजिष्ट्रेशन गर्न बाँकी सम्बन्धित व्यक्तिहरुले तोकिए बमोजिमका केन्द्रहरुमा सम्पर्क गरी रजिष्ट्रेशन पुरा गर्न र आफ्नो बसाईँ (Residency) तथा कार्य अनुमति (Work Permit) नियमित गर्न पनि दूतावासले अनुरोध छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : १८ बजे

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००