सन् २०१८ मा थाई गुफाबाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु « Khabarhub

सन् २०१८ मा थाई गुफाबाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

लन्डन – सन् २०१८ मा विश्वव्यापी ध्यानाकर्षण भएको एक साता लामो अपरेसनपछि बाढीले भरिएको थाई गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्फेट फ्रोमथेपको बेलायतमा मृत्यु भएको छ।

सिएनएनका अनुसार इङ्गल्याण्डको लिसेस्टरशायरमा रहेको फुटबल एकेडेमीमा भर्ना भएका फ्रोमथेपको अस्पताल लगिएपछि मृत्यु भएको बेलायती प्रहरीले जानकारी दिएको हो ।

थाई सरकारको जनसम्पर्क शाखाको उत्तरी क्षेत्रीय शाखाले १७ वर्षीय फ्रोमथेपको दुर्घटनाका कारण मृत्यु भएको जनाएको छ । थप विवरण भने उसले दिएको छैन । चियाङ राई प्रान्तमा उनको घरको वातावरण शोकले भरिएको थियो ।

जिको फाउन्डेसनले फ्रोमथेपलाई युकेमा फुटबल छात्रवृत्ति मार्फत अध्ययन गर्न मद्दत गरेको थियो, बुधवार सो फाउन्डेसनले फेसबुकमा लेखेको छ, ‘जिको फाउन्डेसनको छात्रवृत्ति विद्यार्थी डोम डुआंगपेट फ्रोमथेपको निधनको हामी दुःख व्यक्त गर्न चाहन्छौ ।’

फ्रोमथे द ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा फुटबल छात्रवृत्तिमा भर्ना भएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ५५ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश