काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे – बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा ५ ख ३०४३ नम्बरको मिनिट्रक बिहीबार बिहान दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी बस्ने ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार दुर्घटनामा गम्भीर घाइते काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।​ सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ बस्ने १७ वर्षीय कुवेर ठकुरी भने घाइते भएका छन्।

काभ्रेको भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको मिनिट्रक सडकबाट अन्दाजी  २ सय मिटर तल खसेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ११ : ०१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका