काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

काभ्रेमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु


४ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे – बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा ५ ख ३०४३ नम्बरको मिनिट्रक बिहीबार बिहान दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी बस्ने ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार दुर्घटनामा गम्भीर घाइते काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।​ सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ बस्ने १७ वर्षीय कुवेर ठकुरी भने घाइते भएका छन्।

काभ्रेको भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको मिनिट्रक सडकबाट अन्दाजी  २ सय मिटर तल खसेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ११ : ०१ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला