बारामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ | Khabarhub Khabarhub

बारामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका-१२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो । 

कान्छिमायाको हत्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-१ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलबार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए । 

३-४ दिनदेखि घरबाट बेपत्ता बनेकी कान्छिमायाको शव स्थानीयले मंगलबार दिउँसो घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए । शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

घटनापछि छोरा सनी पनि गाउँबाट बेपत्ता बनेको र अनुसन्धानको क्रममा उनलाई नियन्त्रण लिएको प्रहरीले बताएको छ । सढेर कुहिएको अवस्थामा रहेको शवको प्रकृति हेर्दा ५-७ दिनअघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल कलैया पठाइएको र घटनाको थप अनुसन्धान भइरहको निरीक्षक ओलीले जानकारी दिए । पक्राउ परेका लामालाई प्रहरीले जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानको लागि म्याद लिएको छ । 

मृतक घलानको श्रीमानसहित २ छोरा छन् । श्रीमान र जेठो छोरा जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बस्न थालेपछि घलान कान्छो छोरा सनीसँग बस्दै आएकी थिइन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १२ : २९ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ