शुक्लाफाँटामा सार्वजनिक शौचालय निर्माण गरिने « Khabarhub

शुक्लाफाँटामा सार्वजनिक शौचालय निर्माण गरिने


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले दुई ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने वनसमिति बजार र झलारी बजारको खुला मञ्चमा शौचालय निर्माण हुन लागेको हो । खुला मञ्चमा निर्माण हुने शौचालयका लागि रु १६ लाख र वनसमिति बजारमा निर्माण हुने शौचालयका लागि सात लाख बजेट विनियोजन गरेको छ ।

यसका लागि जग्गा पहिचान गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख रणबहादुर महराले बताए । ‘धेरै व्यक्तिको जमघट हुने सार्वजनिक क्षेत्रमा शौचालय निर्माण गर्न लागेका छौं’ उनले भने, ‘यसबाट बजार क्षेत्रका बासिन्दासँगै सर्वसाधारण लाभान्वित हुनेछन् ।’ शौचालय नहुँदा बजार क्षेत्रमा आउने सर्वसाधारणले वनसमिति बजार नजिकैको वन क्षेत्रमा शौच गर्दै आएका छन् ।

यसबाट बजार क्षेत्र दुर्गन्धित हुँदै आएको छ । यसैगरी, खुला मञ्चमा सार्वजनिक कार्यक्रम हुँदा दिसापिसाबका लागि सर्वसाधारणले नदी छेउ पुग्नुपर्ने अवस्था छ शौचालयमा सरसफाइ कर्मचारीको व्यवस्था गरिने भएको छ । पुराना सञ्चलनमा रहेका शौचालयलाई व्यवस्थित गर्ने कार्यसँगै मर्मतको कार्य पनि अगाडि बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। 

उनका अनुसार नगरपालिकाका मुख्य बजार क्षेत्र वनसमिति, झलारी र कलुवापुरमा फोहर संकलन बक्स राखिने भएका छन् । यसका लागि नगरपालिकाले रु पाँच लाख बजेटको व्यवस्था गरेको छ । झलारीस्थित खुला मञ्चमा प्यारफिट निर्माणका लागि  २५ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख महराले जानकारी दिए । ‘छिट्टै प्याराफिट निर्माणसँगै फोहर सङ्कलन बक्स राख्नका लागि कार्य अगाडि बढाउँदै छौँं’ उनले भने, ‘बसपार्क निर्माणका लागि पाँच लाख, कवर्ड हल निर्माणका लागि ५० लाख, कोल्डस्टोर निर्माणका लागि २५ लाख, वृद्धाश्रम निर्माणका लागि रु १० लाख बजेट विनियोजन गरी जग्गा खोजी भइरहेको छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १२ : ३३ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र