गोंगबु घटनाबारे छानबिन गर्न समिति गठन « Khabarhub

गोंगबु घटनाबारे छानबिन गर्न समिति गठन


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति र लुटपाटबारे जाँचबुझ गर्न समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार समिति गठन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताएका छन् ।

समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १२ : ५२ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,