विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  देशका  विभिन्न स्थानबाट लागूऔषधसमेत ११ जना पक्राउ परेका छन् । मकवानपुरको  हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट  लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी  गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राजकुमार रामसहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई  गाँजा करिब ६० ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

झापाको झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

चितवनको खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा  प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १ : २३ बजे

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११