जलजलामा छ वडा कार्यालय भवन निर्माण सुरु « Khabarhub

जलजलामा छ वडा कार्यालय भवन निर्माण सुरु


४ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिए । 

‘सबै भवन एक तला र चार कोठाका हुनेछन्’, उनले भने, ‘चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्कामार्फत काम सुरु भएको छ ।’ बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरिङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो ।

 कूल रु चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बागलुङले तीन करोड २६ लाख सात हजार पाँच सय ५१ मा ठेक्का सम्झौता गरेको छ । विसं २०७९ पुस १२ गते ठेक्का सम्झौता भएको भवन निर्माणकार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष दीपक आचार्यले निर्माण कम्पनीले निर्माणस्थलमा जग्गा सम्याएर संरचना बनाउन थालेको बताए । 

‘अघिल्लो वर्ष सुरु भएको वडा नं २ र ८ को कार्यालय भवन निर्माणकार्य पनि यसैवर्ष सकिँदैछ, वडा नं ३ को आफ्नै भवन छ,’ उनले भने, ‘छ वटा नयाँ भवन बनाएपछि हाम्रो पालिकाको नौ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन् ।’ हाल सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । नयाँ भवनमा वडाध्यक्ष, सचिव, जनप्रतिनिधिको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३औँ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन रु तीस लाख बजेट विनियोजन गरेको थियो । 

वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययनसम्बन्धी कार्यदल गठन भएको छ । समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने योजना रहेको छ । लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  २ : ३० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला