जलजलामा छ वडा कार्यालय भवन निर्माण सुरु « Khabarhub

जलजलामा छ वडा कार्यालय भवन निर्माण सुरु


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिए । 

‘सबै भवन एक तला र चार कोठाका हुनेछन्’, उनले भने, ‘चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्कामार्फत काम सुरु भएको छ ।’ बाँसखर्क, फट्केढुङ्गा, लेकफाँट, शालिजा, धाइरिङ र बनौमा वडा कार्यालय निर्माण हुन लागेको हो ।

 कूल रु चार करोड ३३ लाख १७ हजार लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बागलुङले तीन करोड २६ लाख सात हजार पाँच सय ५१ मा ठेक्का सम्झौता गरेको छ । विसं २०७९ पुस १२ गते ठेक्का सम्झौता भएको भवन निर्माणकार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष दीपक आचार्यले निर्माण कम्पनीले निर्माणस्थलमा जग्गा सम्याएर संरचना बनाउन थालेको बताए । 

‘अघिल्लो वर्ष सुरु भएको वडा नं २ र ८ को कार्यालय भवन निर्माणकार्य पनि यसैवर्ष सकिँदैछ, वडा नं ३ को आफ्नै भवन छ,’ उनले भने, ‘छ वटा नयाँ भवन बनाएपछि हाम्रो पालिकाको नौ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन् ।’ हाल सामुदायिक भवन र निजी घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । नयाँ भवनमा वडाध्यक्ष, सचिव, जनप्रतिनिधिको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३औँ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन रु तीस लाख बजेट विनियोजन गरेको थियो । 

वडा नं ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामीटुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययनसम्बन्धी कार्यदल गठन भएको छ । समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने योजना रहेको छ । लामाखेतमा रहेको गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : ३० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण