युक्रेनमा शान्ति स्थापनार्थ समन्वय गर्न चीन र फ्रान्स सहमत « Khabarhub

युक्रेनमा शान्ति स्थापनार्थ समन्वय गर्न चीन र फ्रान्स सहमत


४ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्ने विषयमा सहमति भएको फ्रान्सेली राष्ट्रपति कार्यालयले जनाएको छ ।

रुसको महत्वपूर्ण सहयोगी मानिने चीनले हालसम्म युक्रेनमा एक वर्षयता जारी रुसी आक्रमणको निन्दा गरेको छैन ।

रूसलाई वार्ताको टेबलमा फर्कन चीनले दबाब दिनेमा आफू विश्वस्त रहेको म्याक्रोँले बताएका छन् । बुधबार पेरिसमा म्याक्रोँ र वाङले युक्रेनमा जारी युद्ध र यसको जोखिममा रहेका मुलुकहरूमा उत्पन्न खाद्य सुरक्षा र वित्तीय क्षमता चुनौतिका असरबारे छलफल गरेका थिए ।

उनीहरुबीच ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेको फ्रान्सेली राष्ट्रपति कार्यालय साँज लिजेले जनाएको छ ।

फ्रान्स भ्रमणपछि वाङ शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । उनले रुसको राजधानी मस्कोको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत ‘विश्वव्यापी चुनौती’ को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् ।

वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ०५ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका