लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने १५ जना पक्राउ | Khabarhub Khabarhub

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने १५ जना पक्राउ


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा संलग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा काभ्रेका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत, मोरङका ३० वर्षीय यमन राई, नुवाकोटका १८ वर्षीय सुनिल कालीकोटे, २२ वर्षीय रोमन नगरकोटी, १८ वर्षीय सुदीप तामाङ, ३३ वर्षीय माधव शाही र १९ वर्षीय केशर राई रहेका छन् ।

सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, धादिङ २६ वर्षीय इलाराज गुरुङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, धादिङका १८ वर्षीय विकास गुरुङ, चितवनका २७ वर्षीय संविधान परियार र काठमाडौँका १९ वर्षीय कविन खड्गी रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको जानकारी दिनुभयो । गत सोमबार यातायात मजदुरले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । 

आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुईवटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए । 

पक्राउ परेकामाथि चोरी तथा डाँकामुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ४ : २६ बजे

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार

एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

काठमाडौं– एनसेलले विद्यार्थीका लागि ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

दोधारा चाँदनी– कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत

काठमाडौं– नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि-अटोशो