इतिहास बन्दै पसगाउँमा ढुंगाको छानो « Khabarhub

इतिहास बन्दै पसगाउँमा ढुंगाको छानो


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुंगाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुंगा तथा खरले छाना छाइन्थ्यो । 

पछिल्लो समयमा भने ढुंगा तथा खरको छानो विस्थापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र छानासमेत लोप हुन थालेको छ ।समुद्र सतहदेखि एक हजार छ सय ५० मिटर उचाइमा रहेको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँवासीले भने परम्परालाई अझै संरक्षण गरेर राखेका छन् । 

यहाँको एक सय ५३ घरधुरीमध्ये  एक सय ४० घरधुरीको छाना ढुङ्गाबाटै छाइएको छ । लोपहुँदै गएको ढुङ्गाका घर यसरी संरक्षण गरेर राख्दा भावी पुस्ता तथा इतिहासका लागि यो  गाउँ  साक्षी बन्ने भएको छ । स्थानीयवासी बलराम गुरुङले भने, ‘हामीले गाउँमा सचेतना फैलाउँदै भत्किएका ढुङ्गाका छानासमेत मर्मत गरेर संरक्षण गर्दै आएका छौँ ।’ गाउँगाउँमा सुविधायुक्त घर निर्माण हुँदै गए पनि यस गाउँवासीले भने परम्परा संरक्षणका लागि आधुनिक घर निर्माण नगर्ने भएका छन् । 

यसबाट पछिल्लो पुस्ताले समेत यस्ता मौलिक परम्परागत घर देख्दा पुर्खाको सम्पत्ति ठान्ने र उनीहरूलाई यस्ता घर संरक्षण गर्न प्रेरणा मिल्ने सोही ठाउँ निवासी  चन्द्रप्रसाद गुरुङ बताउँछन् । उनले भने ,’गाउँमा आउने पाहुना तथा पर्यटकले गाउँका घरहरुसँग सेल्फि खिच्ने, फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन्’ । गाउँमै ढुंगा खानी रहेको र सोही स्थानबाट आवश्यक ढुंगा ल्याउने गरिएको  छ ।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ भन्छन्, ‘गाउँपालिकाभर नै छिटफुट ढङ्गाका घर त छन् तर पस गाउँका अधिकांश बासिन्दाको घर ढुंगाबाटै निर्माण गरिएको छ’ । परम्परागत यस्ता घर संरक्षण गर्न गाउँपालिका अघि बढ्न थालेको उनको भनाइ छ । अब  निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुंगाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए। हामीले खरको छानोमुक्त पालिका अभियान सञ्चालन गरेर खरमुक्त पालिका बनाउन लागेका छौँ, करिब करिब खरमुक्त पालिका भइसकेको छ ।

खरका कारण आगलागी हुनेदेखि व्यक्ति तथा परिवारको सुरक्षा नहुनाका  साथै खर पाउन मुस्किल हुन थालेकाले हामीले त्यस अभियानलाई अघि बढायौँ पालिका प्रमुख गुरुङ बताउँछन्।  ढुङ्गाको घर तथा छानो बलियो रहेको र जस्तापाताको छानो तीन चार पटक फेर्दा पनि ढुंगाको छानो एक पटक पनि फेर्न नपर्ने हुन्छ । साथै जाडोमा न्यानो, गर्मीमा सित्तल हुने, आगलागीलगायत घटना कम हुने भएकाले  परिवार सुरक्षित हुने उहाँको भनाइ छ । यसबाट पर्यटक आकर्षित गराउन मदत पुग्ने र समृद्ध पालिकाका लागि त्यस्ता घरहरूले टेवा पुर्‍याउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

यस गाउँमा २१ घरमा घरवास सञ्चालन गरिएको छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्णलगायत हिमालय पर्वत शृङ्खला देख्न सकिन्छ । गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, घाटु नाचजस्ता लोपोन्मुख नृत्यका लागि समेत पसगाउँ परिचित छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ६ : ०६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण