प्रतिबन्धित भारतीय रुपैयाँसहित  एक जना पक्राउ « Khabarhub

प्रतिबन्धित भारतीय रुपैयाँसहित  एक जना पक्राउ


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित भारतीय रुपैयाँ दुई हजारको नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

बरामद भारतीय रुपैयाँसहित उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : १८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय