नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी सम्झौता « Khabarhub

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी सम्झौता


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरी कल्याण कोष र प्रभु बैंकबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज एक समारोहबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई अक्षय कोष स्थापनाका लागि रु २५ लाखको चेक हस्तान्तरण गरे । प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामका लागि प्रभु बैंकलाई धन्यवाद दिए ।

सिसिटिभी जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए।

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गने पाएकामा खुसी व्यक्त गरे ।

नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हबल्दार तथा जवान लक्षित कार्यक्रमअन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर÷शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हबल्दारका सन्ततिलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यले यो सम्झौता भएको जनाइएको छ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ८ : ५४ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब