नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी सम्झौता « Khabarhub

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी सम्झौता


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरी कल्याण कोष र प्रभु बैंकबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज एक समारोहबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई अक्षय कोष स्थापनाका लागि रु २५ लाखको चेक हस्तान्तरण गरे । प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामका लागि प्रभु बैंकलाई धन्यवाद दिए ।

सिसिटिभी जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए।

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गने पाएकामा खुसी व्यक्त गरे ।

नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हबल्दार तथा जवान लक्षित कार्यक्रमअन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर÷शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हबल्दारका सन्ततिलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यले यो सम्झौता भएको जनाइएको छ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ८ : ५४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द