प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट « Khabarhub

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरू सामाजिक विभेदहरूको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । उनले आयोगहरूको गठन धेरै ठूलो सङ्घर्ष र बहसपश्चात् भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताए।

प्रधानमन्त्री दाहालले भने, “समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरूको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरूले प्रभावकारीरूपमा काम गर्न सक्छन् ।”

आयोगका अध्यक्षहरूले मानव अधिकारसम्बन्धी आठवटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरूका लागि सेवा, सर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रमबमोजिम भएको नदेखिएकाले निर्दिष्ट मर्यादाक्रमबमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको धारणा थियो ।

भेटवार्तामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कावा अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : ०५ बजे

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका