त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ९ पसललाई १५ लाख जरिवाना


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ९ वटा पसलहरू कारबाहीमा परेका छन् । उनीहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गर्दै १५ लाख जरिवना तिराइएको हो ।

विभागका निर्देशक होमनाथ भट्टराईले उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै ती पसलहरूलाई कारबाही गरेको बताए ।

कारबाही पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ ९कफि एण्ड कन्फेक्सनरी०, पीडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन् ।

पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी बस्तु बिक्री गरिरहेका व्यवसायिक फर्महरूलाई उनीहरूले गरेको कसूरको मात्रा र गाम्भिर्यता समेतका आधारमा बजार अनुगमन टोलिले जम्मा १५ लाख जरिवाना गरेको हो । उक्त फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्नुरनगराउन निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ९ : १४ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका