सोलुखुम्बुबाट गाई काट्दै गर्दा चारजना पक्राउ « Khabarhub

सोलुखुम्बुबाट गाई काट्दै गर्दा चारजना पक्राउ


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकी श्रीमती ३९ वर्षीया अस्तीकुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र निजका छोरा २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।

उनीहरू सोलुदूधकुण्ड नगरपालिका–५ क्याम्पस टोलबाट पक्राउ परेका हुन् । गाई काट्दै गरेको भन्ने स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा उनीहरूलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

पक्राउ परेका चारैजना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्नआएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १० : ०७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा