तीन दिनदेखिको आगलागी अझै नियन्त्रणमा आउन सकेन « Khabarhub

तीन दिनदेखिको आगलागी अझै नियन्त्रणमा आउन सकेन


४ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

तीन दिनअघि देखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् ।

डढेलो लागेको उक्त समुदायिक वनमा अधिकांश सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।

डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि हालसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताए ।

यसैबीच रामेछाप–८ मा आज एक घर जलेर नष्ट भएको छ । आज दिउँसो वादी छापडाँडाका जितबहादुर हायुको घर र गोठमा आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछापले जनाएको छ । प्रहरी चौकी रामेछाप प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद चौलागाईंका अनुसार बालबालिकाले आगो खेलाउने क्रममा उक्त घटना भएको आशङ्का गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १० : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया