विश्वकप क्रिकेट लिग-२ : महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

विश्वकप क्रिकेट लिग-२ : महत्त्वपूर्ण खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ। यो खेल नेपाली क्रिकेट इतिहासका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल विजय भए एक दिवसीय क्रिकेटको विशवकप छनोट खेल्न पाउने छ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहान ९ बजेदेखी सुरु हुने खेलमा नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले यूएईलाई दुई पटक पराजित गरिसकेको छ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो। नेपाल पुनः यूएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा हुनेछ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले दुई विकेट लिएका थिए।

सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो।

घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा यूएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।

लिग २ मा दोस्रो पटक यूएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुनः युएईसँग भिडन लागेको हो।

खाजको खेलमा विजयी भए यूएईलेसमेत एक दिवसीय मान्यता जोगाउने छ। एक दिवसीय मान्यता जोगाइ सकेको नेपालले विश्व कप छनोट खेल्नका लागि नेपालले आजको खेल जित्नै पर्नेछ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ६ : २८ बजे

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको