नेताले आँखा खोलेर जनताका पीडा हेर्नुपर्छ | Khabarhub Khabarhub

नेताले आँखा खोलेर जनताका पीडा हेर्नुपर्छ

आसेपासेलाई सुरक्षित राख्न भागबन्डाको खेलभयो


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ को निर्वाचनको वरपर राजनीतिक दलले विगतको गल्ती कमीकमजोरी सच्याउँदै अब भने साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा राजनीति गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पुस १० को एउटा समीकरण परिवर्तन र फागुन १२ को समीकरण परिवर्तनको मात्र उदाहरणलाई हेर्ने हो भने फेरि पनि धोकाधडी प्रतिसोधको राजनीति सुरु भइसकेको छ। राष्ट्र र जनताको समस्या एकातिर राजनीतिको चासो र चिन्ता अर्को तिर देखिन्छ। यो किन हुने गर्छ ? यो समस्या समाधानको उपाय के हुनसक्छ ? यस विषयमा आधारित रहेर जनमत पार्टीका नेता शरद सिंह यादवसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश:

नेपालको राजनीतिको मूलभूत कुरा खासमा के हो ?
यो हाम्रो राजनीतिको चिन्ताको विषय नै रहेको छ। एउटा दलसँग आबद्ध हुँदैमा गलत कुरा गर्नु हुँदैन। वास्तविकतामा सबै हिँड्नुपर्छ। देशको लागि जुन कुरा राम्रो हुन्छ त्यसमा जान जरुरी रहन्छ। त्यसको लागि आफू अनुकूल दलमा बस्न सक्नुपर्छ। राष्ट्रका समस्या समाधान गर्नका निमित्त ठूला दलहरूले सहमति गर्ने अवस्था देखिएको छैन। लेनदेनको विषयमा दलबीच कुरा मिल्ने अवस्था छैन।

दलबीचको धोकाधडी र प्रतिशोध कसको निमित्त हुन्छ ?
देशको लागि भागबन्डाको खेल भइरहेको छ। त्यो आफ्नो सिट र आसेपासेलाई सुरक्षित गर्न हो। यसले देशलाई घाटा हुनेबाहेक केही अरू सकारात्मक पक्ष हुँदैन।

बिहानले दिनको संकेत गर्छ भने जस्तो सकारात्मक संकेत कता छ ?
लोकतन्त्रको परिपूर्ति गर्न लोकतन्त्र नै चाहिन्छ। संसदीय व्यवस्था विश्वमा नै सबै भन्दा राम्रो व्यवस्था हो। संसदीय व्यवस्था तथा लोकतन्त्रको पद्धतिलाई चलाउने केही नेताहरू सही छैनन् भन्दैमा यो व्यवस्था प्रति नै मान्छेको वितृष्णा हुनु जायज होइन। हाम्रो गठबन्धन र अन्य देशको गठबन्धनमा धेरै फरक रहेको छ। जसले संविधानलाई पनि अनुकूल बनाएको छ।

आलंकारिक उपराष्ट्रपतिका लागि किन झगडा भइराखेको छ ?
एउटा आलंकारिक राष्ट्रपति र उपराष्ट्रपति पदको लागि मारामार धेरै भएको छ। यो राम्रो कुरा होइन। विगतका घटनालाई हेर्ने हो भने राष्ट्रपति पनि अछुतो नरहेको अवस्था छ। कतिपय गर्नु नहुने काम भएका छन्। त्यसमा नैतिकताको खडेरी लागेको पनि हुनसक्छ।

राजनीतिले गर्नु पर्ने काम गरेको छैन। गर्न नहुने काम गरेको छ। त्यसलाई सच्याउनको निमित्त सकारात्मक सशक्त प्रतिरोध देखिएको छैन, किन ?
राजनीतिक दल सहजै आफूलाई कुन रूपमा अगाडि बढाउन सकिन्छ भन्ने तर्फ लागेका छन्। जनतामा तनाव बढेको छ। विगतको चुनावमा दलका ठूला नेताहरू धेरै मुस्किलले जितेर संसदमा प्रवेश गरेका छन्। व्यक्ति खराब भए। जसले गर्दा नागरिकमा वितृष्णा देखिएको छ। प्रमुख दलबीच समझदारी कहिल्यै पनि हुन सकेको छैन। समाजमा पनि पक्ष र विपक्ष भएको कारण सबै दल आफू आफू नै अगाडि बढेका छन्। यसले राजनीति विकासको बाटोमा अगाडि बढेको छैन। देशको विकास ठूला दलहरूले कुनै हालतमा गर्छन् जस्तो मलाई लाग्दैन। आफूलाई फाइदा हुने कार्यतर्फ प्रेरित भएका नेताले जनताको काम गर्ने अवस्था देखिँदैन।

आजको समयमा राजनीति बिथोलिएको छ। दलहरु सच्चिने र अगाडि बढ्ने पनि ठाउँ होला नि कि छैन ?
सबै पक्षमा सकारात्मक सोच बोकेर देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ। नेताले पक्ष तथा विपक्षमा नलागी सबै आपसमा मिलेर अगाडि बढेमा अझ पनि देशमा नयाँ आयाम ल्याउन सकिन्छ। तर त्यसको निमित्त राजनीतिक तथा नेताको आँखा बन्द हुनु भएन। देशको बारेमा सोचेर अगाडि बढ्नुपर्छ। नेताहरुले आँखा बन्द गरेर होइन आँखा खुला गरेर नागरिकका पीडालाई हेर्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ५३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार